गठबन्धन नटुटेसम्म एमाले सरकारमा जादैन: ईश्वर पोखरेल

काठमाडाैं | पुस ९, २०७९

गठबन्धन नटुटेसम्म एमाले सरकारमा जादैन: ईश्वर पोखरेल

काठमाडौं:  वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनु भएको छ । तर अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताउनु भयो ।


प्रेस चौतारी नेपाल धनकुटाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको प्रस्ट पार्नुभयो ।


उहाँले भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेलाई सरकारले जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनुभयो । तर  गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँको तर्क छ । गठबन्धन राष्ट्र हितमा छैन यो पहिले तोडिनु पर्छ उहाँले भन्नु भयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्